काँग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं। वर्तमान राजनीतिक सन्दर्भमा काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठक जारी छ। काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि बैठक जारी रहेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा बैठकमा छलफल भइरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गरेका देउवाले आज पदाधिकारीसँग गरेर प्रधानमन्त्रीको विश्वासको मतबारे आवश्यक रणनीति बनाउन लागेका हुन्।

अन्य सम्बन्धित समाचार:  रौतहटका एक वडाध्यक्ष आफैँ गाडी चलाएर बिरामीलाई ओसार्दै