घरबाहिर निस्कनेलाई कानूनी कारवाही हुने, मास्क नलगाए सय रुपैयाँ 

काठमाडौं। बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय उपत्यकास्थित जिल्ला प्रशासनहरुले गरेका छन्। मंगलबार बसेको तीनैवटा सीडीओ कार्यालयहरुको बैठकले अत्यावश्यक कामबिना घरबाट बाहिर निस्कनेलाई जरिवाना र कानूनी कार्वाही गर्ने निर्णय गरेको जनाइएको छ।

मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना तिराइने भएको छ। विभिन्न बहानामा मनपरी हिँड्ने, मर्निङ र इभिनिङ वाकमा निस्कने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

घरबाहिर निस्कनेलाई यसअघि होल्डमा राख्ने गरिएपनि अब भने जरिवाना र कार्वाही गर्ने निर्णय समेत गरेको सीडीओ पराजुलीले बताए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटाको उम्मेदवारी दर्ता