बैतडीमा शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

बैतडी। बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको हो।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  देउवाकै नेतृत्वमा सरकार

चट्याङ लागेर ज्यान गुमाएका वडा सदस्यको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जीप दुर्घटनामा परेको हो। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।