राष्ट्रपति भण्डारीले जारी गरिन् सात अध्यादेश

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् सात वटा अध्यादेश जारी गरेकी हुन्।

उनले यौन हिंसाविरूद्धका केही ऐन संशोधन, संवैधानिक परिषद सम्बन्धी, फौजदारी कसुर तथा फौजदारी कार्यविधिलगायत अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मधव नेपाल समूहले राजीनामा दिने