एकै दिनमा ७,६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर  थप ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ७०२ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो। कूल मृत्यु ३४१७ पुगेको छ। कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ। सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ पुगेको छ।

 

अन्य सम्बन्धित समाचार:  अक्सिजन नपाएर दुई कोरोना सङ्क्रमितको मृत्यु