काठमाडौं। सभामुख चयनका विषयमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफलविस्तृतमा

रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको पत्यार लाग्छ ? काठमाडौं। आफूले राष्ट्रियताको पक्षमा बोल्दा बालुवाटारबाट ज्यान मार्ने धम्की आएको भन्दै सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले लगाएको आरोपको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले खण्डन गरेका छन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिकविस्तृतमा

काठमाडौं। नेपाल प्रहरीले १ हजार ८ सय ५ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ। नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १ सय ४९, प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवानमा १ हजार ७२विस्तृतमा

काठमाडौं। केही दिन यताको संवादहीनतालाई चिर्दै बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको भेटवार्ता सकारात्मक भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो करीब २ घण्टा भएको छलफल सकारात्मक भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। सभामुख चयनका लागि अध्यक्षद्वयलेविस्तृतमा

काठमाडौं। तीन दिनको संवादहीनतापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। प्रचण्डको सचिवालयका अनुसार छलफलका लागि ओलीले प्रचण्डलाई बोलाएपछि उनी बिहीबार दिउँसो बालुवाटार पुगेका हन्। उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई आइतबार बालुवाटारमाविस्तृतमा

काठमाडौं। नेपाली बजारमा केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ बिहीबार भने स्थिर देखिएको छ। बुधबार ७४ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार पनि त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रति तोलाविस्तृतमा

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाली रेल चलेको हेर्न धेरै कुर्नु नपर्ने बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री नेम्वाङले भारतबाट छिट्टै नेपालको रेल आउन लागेको बताउँदै यस्तो दाबी गरेका हुन्। उनले जनकपुर–जयनगरमाविस्तृतमा

काठमाडौं। भारत सरकारले विनय मोहन क्वात्रालाई नेपालका लागि राजदूत प्रस्तावित गरेको छ। उनको नाम नेपाल सरकारले स्वीकृत गरेपछि विधिवत नियुक्ति हुनेछ। उनी यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवकाविस्तृतमा

काठमाडौं। संसदको विकास तथा प्रविधि समितिले पूरानो संसद् भवन भत्काउन निर्देशन दिएको छ। मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि समितिले पूरानो संसद् भवन भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो। भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउनेविस्तृतमा

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका दुईवटा टावरमा आगजनी भएको छ। काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो। त्यसैगरी काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको छ। टावर आगजनीपछि उक्तविस्तृतमा