कोभिड खोप: नेपालमा सहज रुपमा भित्राउन शीघ्र भन्सार जाँचपास प्रक्रिया अपनाइने
भन्सार विभागले कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको जाँचपासका लागि मुख्य भन्सार विन्दुहरु विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा छुट्टै एकाइ खडा गरी कर्मचारी खटाउने जनाएको छ।