डा. केसीका माग सम्बोधन गर्न साझा पार्टीको माग

पोखरा।साझा पार्टीले डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गरेको छ। पोखराको मानव अधिकार चोकमा मङ्गलबार कोण सभाको आयोजना गरि साझाले डा. गोविन्द केसीका मागहरू पुरा गरि उनको जीवन रक्षाका लागि पहल गर्न माग गर्दै प्रदर्शन गरेको हो। यद्यपि सिमा मिचिएको प्रतिकुल अवस्थाका लागि भन्दै डा. केसीले मङ्गलबार अपरान्हबाटै...

कास्कीबाट धनराज गुरुङले हात झिके, स्थानीयलाइ टिकट दिन मुख खोले

काठमाडौं । कास्की–२ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवार बन्ने दौडमा रहेका धनराज गुरुङ रिङआउट भएका छन् । तत्कालिन सांसद रवीन्द्र अधिकारकिो हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ रिक्त छ । सो क्षेत्रमा कसलाई उमेदवार बनाउने भन्ने निर्णयमा कांग्रेस पुगिसेकेको छैन । सो क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले...

मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

काठमाण्डौं। एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ। अहिलेको दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रूपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ। एडीबीको प्रधान कार्यालय मनिलाबाट बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार नेपालको आर्थिक...

विरासतको राजनीतिबारे टिप्पणी भएपछि कास्की २ बाट नेकपाद्वारा थप दुई जनाको नाम सिफारिस

पोखरा। नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ। सिफारिस हुनेमा तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् । प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण...

कास्कीमा साझाको चुनावी शैलीः देउसी खेल्दै मतदाताको घरघरमा

पोखरा। आसन्न उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेसँगै साझा पार्टी कास्की निर्वाचन अभियानमा होमिएको छ। तिहारको अवसर र निर्वाचन अभियानलाई रचनात्मक बनाउन साझाले पोखरामा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ। साझाको देउसी भैलो कार्यक्रमका संयोजक फणिन्द्र मोहन कँडेलका अनुसार संस्कृति जगेर्ना गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको भएता पनि आसन्न...

उप-निर्वाचन नेकपा र काङ्ग्रेसले जनता माथि गरेको विश्वासघात विरुद्धको जनमत सङ्ग्रह होः साझा पार्टी

पोखरा। साझा पार्टीले आसन्न उप-निर्वाचन सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी  काङ्ग्रेसले नेपाली जनता माथि गरेको विश्वासघात विरुद्धको जनमत सङ्ग्रह भएको बताएको छ। पोखरामा दुई दिन सम्म चलेको केन्द्रीय समिति बैठक पछि पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा सत्तासीन र प्रतिपक्षमा रहेका दुवै ठूला दलले जनताको अपेक्षामा...

बढी भाडा लिने ६ सवारीसाधन नियन्त्रणमा

पोखरा। दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ । दशँै मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले...

समन्वय नहुँदा योजना प्रभावित : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने गरेको बताएका छन्। पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत अध्ययन गरी फर्केको सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको टोलीले आज पोखरामा राखेको छलफल एवम् अन्तरक्रियामा उनले सम्बद्ध अधिकारीमा नै जिम्मेवारी र जवाफदेहिता नहुँदा समस्या हुने गरेको बताए। सङ्घअन्तर्गत सञ्चालित आयोजना...

जड्याहरुले हत्या गरेका मोतीको परिवार विचल्लीमा

म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि उनका परिवार विचल्लीमा परेका छन् । गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा मोतिप्रसाद दर्जीको मृत्यु भएको थियो । अत्यन्त गरीब परिवारका दर्जीले आरा चिरेर परिवारको गुजारा चलाउने गर्दथे । दर्जीको...

पोखरेली कांग्रेस नेत्री केसी साझा पार्टीमा

काठमाडौं।नेपाली कांग्रेसमा आवद्ध रहेकी नेत्री रजनी केसी साझा पार्टी प्रवेश गरेकी छिन्। पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझामा प्रवेश गरेकी हुन्। पोखरा विश्वविद्यालयमा उप–प्रशासकसमेत रहेकी केसी २० वर्षे सेवावधिपछि उक्त पदबाट राजीनामा दिँदै साझामा पार्टी प्रवेश गरेकी हुन्। उनको राजीनामालाई विश्वविद्यालयले १ कात्तिकबाट...

 धेरै पढिएका