भोजपुरमा विप्लव समुह र प्रहरीबीच भीडन्त, एक प्रहरीसहित दुईको मृत्यु

काठमाण्डौ । भोजपुरमा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ। बुधबार बिहान सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जिव राई र विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राईको मृत्यु भएको हो। प्रहरीले नीरकुमारको साथबाट पेस्तोलसमेत बरामद गरेको...

ओखलढुङ्गा दुर्घटना फलोअपः ३ को घटनास्थलमै मृत्यु(नामसहित)

काठमाडौं । काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित डडुवामा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहान करिब ४ बजे मे १ ख १८९१ नम्बरको बस दुर्घटना हुँदा अन्य १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका चालक झापा घर भएका कृष्ण बहादुर  बस्नेत, सोलुदुधकुण्ड...

ओखलढुङ्गामा बस दुर्घटना, चालकसहित ३ को मृत्यु

काठमाडौं । ओखलढुङ्गाको मानेभञ्याङमा बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । काँकडभित्ताबाट सोलुखुम्बु सदरमुकाम सल्लेरीका लागि छुटेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बुधबार बिहान भएको दुर्घटनामा १४ जना यात्रुहरू घाइते भएका छन् । थप जानकारी प्राप्त हुन बाँकी...

उदयपुरमा एक महिला मृत फेला

उदयपुर । उदयपुरमा एक महिला आफ्नै घरमा मृत भेटिएकी छन् । त्रियुगा नगरपालिका दशकी स्थानीय ६० वर्षीया सुनकुमारी तामाङ आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएकी हुन्। शव जाँच मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विराटनगरमा तरकारीको विषादी परीक्षण सुरु

विराटनगर । विराटनगरमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न सुरू गरिएको छ। प्रदेश १ सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएपछि विषादी परीक्षण सुरु गरिएको हो। विषादी अवशेष परीक्षण द्रुत प्रयोगशाला इकाइको स्थापना गरेर सोमबारबाट परीक्षण सुरू गरिएको भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए । प्रयोगशाला स्थापना भएसँगै मन्त्रालयले...

मन्त्रिमण्डल विस्तारमा महिला प्रतिनिधित्व गरिन्छः कार्की

काठमाण्डौ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तारमा महिलाको सहभागीता सुनिश्चित गरिने बताएका छन् । प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री कार्कीले सरकार विस्तार हुँदा महिलाको मन्त्रिमण्डलमा सहभागिता हुने बताए । सरकार गठन भएको १६ महीनासम्म पनि सरकार...

बिमा रकमको लोभमा बुवाले गरे आफ्नै छोरीको हत्या

काठमाण्डौ । रौतहटमा आफ्नै बुवाले छोरीको हत्या गरेका छन् । मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले आफ्नै ४ वर्षीय छोरी लक्ष्मी राय यादवको बिमा गराएको एक महिना बित्न नपाउँदै हत्या गरेको खुलेको हो । गत जेठ १९ गते छोरीको प्रभु लाईफ ईन्सुरेन्स गरुडा उपशाखामा २५ लाखको बिमा गरेका यादवले...

सगरमाथाको चुचुरोमा सोताङ गाउँपालिकाको ब्यानर

काठमाण्डौं। सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सोलुखुम्बुको सोताङ गाउँपालिकाको ब्यानर फहराइएको छ। सोताङ गाउँपालिकाको वडा नम्बर ४ चित्रे घर भएका कुशाङ्ग छिरी शेर्पाले गाउँपालिकाको ब्यानर सर्वोच्च शिखरमा फहराएका हुन। शेर्पाले गत जेठ १६ गते गाउँपालिकाको ब्यानर सहित सगरमाथाको सफल आरोहण गरेका हुन। उनले २०७४ सालमा पनि सगरमाथाको सफल आरोहण गरेका थिए।सोताङ...

सरकारविरुद्ध चौतर्फी आक्रमण भयोः मुख्यमन्त्री राई

काठमाण्डौ । प्रदेश १का मुख्यमन्त्री शेरधन राईले सरकारविरुद्ध बाह्य र भित्रीरूपमा चौतर्फी आक्रमण भइरहेको बताएका छन् । सरकारको काम कारबाहीलाई गलत प्रचारप्रसार गरेर विभिन्न रुपमा आक्रमण गरिरहेको बताएका हुन् । आइतबार प्रेस संगठन उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले सरकारले गरेका राम्रा कामलाई पनि नराम्रो भन्दै प्रचारप्रसार गरिदिने...

रिना मृत्यु प्रकरणः रिनाको हत्या नभएको प्रहरी दाबी, प्रेमी कमल धरौटीमा छुटे

मोरङ । रिना बस्नेत मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका कमल नेपाल धरौटीमा रिहा भएका छन। मोरङ पथरी शनिश्चरे नगरपालिका– १ पथरी बजारमा पसल सञ्चालन गर्दै आएकी रिनाको शव ७ वैशाखमा डेरा अगाडि नग्न अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनका प्रेमी कमल नेपाल र दमकमा दमक बजारमा...

 धेरै पढिएका