राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह

बुटवल। मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताएका छन्। उनले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताए। संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन...

‘तोडौँ मौनता,अन्त्य गरौँ दण्डहीनता’

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मुलुकमा परिवर्तनका लागि द्वन्द्व प्रभावितले ठूलो त्याग गरेको बताएका छन् । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले बुधबार बुटवलमा आयोजना गरेको ‘तोडौं मौनता, अन्त्य गरौँ दण्डहीनता’ विषयक कार्यक्रममा मन्त्री केसीले द्वन्द्व प्रभावितको त्याग र समपर्णलाई सरकारले कहिल्यै नभुल्ने बताए । “द्वन्द्व प्रभावितहरुको...

यो बर्षभित्र प्रदेश राजधानी घोषणा हुन्छः मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी यो बर्षभित्र घोषणा गर्ने बताएका छन्। मंगलबार अर्घाखाँचीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सबैलाई मान्य हुने मनोविज्ञान तयारी गरी यहि बर्षभित्र राजधानी घोषणा गर्ने बताएका हुन्। उनले अहिले प्रदेशसभामा गठन गरेको समितिले र विज्ञहरुको टिमले राजधानीको नामाकरण, स्थानको...

राजतन्त्र कुनै हालतमा पनि फर्किदैन: सभापति देउवा

दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन्। नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताए। “कुनै पनि हालतमा राजतन्त्र फर्किदैन्”, उनले भने, “यो हल्ला मात्रै हो।” एनसेल र वाइडबडीका...

नेपालगंजमा आधुनिक बसपार्क तयार, घटस्थापना अगावै संचालनमा आउने

नेपालगञ्ज। नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा दश दिनभित्र...

सूचनाको हक: घोराही उप-महानगरपालिकाले थारु भाषामा दियो सूचना

दाङ । दाङको घोराही उप महानगरपालिकाले थारु भाषामा सूचना उपलब्ध गराएको छ। पत्रकार बिपुल पोखरेलले स्थानीय चुनाबपछि बनेका कृतिम टल्वाकको खर्च विवरणको सूचना मागेका थिए। घोराही उप महानगरपालिकाले पोखरेललाई थारु भाषामै सूचना उपलब्ध गराएको हो। पत्रकार बिपुल पोखरेलले सूचना माग्दा आफुले थारु भाषामै माग गरेको उल्लेख गरेका छन। भाषाकै कारण सूचनाको हकबाट...

किशोरीलाई करणी गर्ने एक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विजयनगर गाउँपालिका–१ नेउलागञ्ज बस्ने २७ वर्षीय अर्जुन राउतलाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो। बाटोमा एक्लै भएको मौका पारी एकान्तमा लागेर राउतले १६ साउनमा किशोरीलाई जबरजस्ती करणी गर्न खोजेका हुन्। ईलाका प्रहरी कार्यालय गणेशपुरबाट...

समाजवादी पार्टीले टुंग्यायो प्रदेश ५ मा एकता

रुपन्देही । समाजवादी पार्टीले प्रदेश ५ मा एकीकरण प्रक्रिया टुंगो लगाएको छ। शनिवार बसेको पदाधिकारी बैठकले एकीकरण प्रक्रिया टुंगोमा पु¥र्याएको हो। प्रचार विभाग प्रमुख प्रशान्त सिंहले प्रदेशको समायोजन कार्य सँगसँगै संगठनलाई चुस्त बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने कार्य भइरहेको बताए। समाजवादीका २५ पदाधिकारीमध्ये तत्कालीन नयाँ शक्तिका तर्फबाट भक्तबहादुर शाहलाई सचिवमा मनोनयन...

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिस

बुटवल । पाँच नम्बर प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन्। समितिको शुक्रबार बसेको बैठकले प्रदेशमा बनेको लोकसेवा आयोग गठनसम्बन्धी ऐन कार्यान्वयन गर्दै भट्टराईलाई अध्यक्षमा सिफारिस गरेको हो। आयोगकको पदाधिकारी सिफारिसमा मुख्यमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति रहने कानुनी व्यवस्था रहेको छ। समितिमा प्रदेशसभाका सभामुख र प्रमुख प्रतिपक्षी दलका...

बुद्धको मूर्ति तोडफोड गर्नेलाई छिटो कारबाही गर्न मुख्यमन्त्रीको आग्रह

काठमाण्डौ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका बुद्धको मूर्ति तोडफोड गर्नेलाई छिटो कारबाही गर्न निर्देशन दिएका छन्। जिल्लाका सुरक्षा प्रमुखलाई बोलाएर ५ वटा बुद्धको मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका हुन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक...

 धेरै पढिएका