लुम्बिनी प्रदेश

अर्घाखाँची। अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ। नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सुस्त मनस्थितिका नेपाली हिजो दिउँसोविस्तृतमा

भैरहवा। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९) को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ। अबको छ महिनाभित्र विमानस्थलविस्तृतमा

लुम्बिनी । दुईहजार ५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन्। लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनलाई लक्ष्य गरी २२ उपसमितिका संयोजक चयन गरिएका हुन्।विस्तृतमा

रोल्पा। कोरोना भाइरसको जोखिमबाट बच्नकोलागि जिल्ला प्रशासन कार्यालय रोल्पाले सार्वजनिक सूचना जारी गर्दे सचेत रहन जिल्लावासीमा आग्रह गरेको छ। यस अन्तर्गत स–साना पारिवारिक भेटघाट बाहेक अन्य कुनै सभासमारोह, जात्रा पर्व, फागु पूर्णिमामा हुन जाने भीडभाडका कारण कोरोनाको संक्रमण हुनसक्ने भएकालेविस्तृतमा

कपिलबस्तु। कपिलबस्तुको शङ्करपुर ताल पर्यटकीय महत्व बोकेको ताल हो। यसको जति प्रचार प्रसार हुन पर्ने हो सो अनुसार हुन सकिरहेको छैन । तालको संरक्षण गर्न नसक्दा यसको क्षेत्रफलसमेत दिन प्रतिदिन घट्दै जान थालेको गुनासो स्थानीयवासीको छ। आदिवासी थारु, मधेशीको ऐतिहासिक,विस्तृतमा

नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिका वडा नम्वर ४ मा अमरिस पटेल माछा उत्पादन गर्दै आइरहेका छन्। पटेलको धेरैजस्तो बाल्यकालीन दौतरीहरु देश छोडेर कमाउनकैलागि परदेश लागिरहँदा उनी भने गाँउमै परिवारसंग बसेर पसिना बगाउन पाँउदा औधी खुसी भेटिए। त्यसो त पटेलका कतिपयविस्तृतमा

बुटवल। प्रदेश ५ प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको बलियो जग बसाल्ने काम दुई वर्षमा सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। संसदीय पत्रकार समाज प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा उनले चुनौतीलाई समाधान गर्दै सबैको सहयोगबाट जिम्मेवारीलाई निर्वाह गर्नविस्तृतमा

रुपन्देही। रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ। सैनामैनामा मोटरसाइकलसग स्कुटर जुध्दा दुई जनाको मृत्यु भएको हो। एक जना गम्भीर घाइतेको स्थानीय बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। लु.४२. प. ७०९६ र लु ३५ प ५०१९ नम्बरकोविस्तृतमा

पाल्पा। कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन्। तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन्। घाइते हुनेमा कपिलवस्तु बाणगङ्गाविस्तृतमा

कपिलवस्तु। प्रदेश ५ का सांसद बलदेव शर्मा पोख्रेलको निधन भएको छ। सोमबार आफ्नै निवासमा उनको निधन भएको हो। क्यान्सर रोगबाट पीडित पोख्रेलको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार हुदै आएको थियो। क्यान्सरले थला पार्दै लगेको र निको नहुने संकेतपाएपछि केहीदिन अघिमात्र घरविस्तृतमा