सुदुरपश्चिम प्रदेश

धनगढी। सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आइतवार अपरान्ह २ वजेसम्म २६३ जनामा परीक्षण गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो। संक्रमण पुष्टि हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ काविस्तृतमा

  इन्दु धामी, कञ्चनपुर।  तराईका विभिन्न ठाउँमा बाढीको समस्या देखिन थालेको छ। बाढी र डुबानको जोखिमका कारण वर्षेनी ठूलो जनधनको समेत नोक्सानी हुने गरेको छ। सुदूरपश्चिम प्रदेश अन्तरगत पर्ने तराईका कैलाली र कञ्चनपुर जिल्ला बाढी र डुबानका हिसाबले अत्यन्तै प्रभावितविस्तृतमा

डडेल्धुरा।  खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा परी डडेल्धुरामा एक बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका –६ मा खानेपानीको विषयमा विवादमा हुदा भएको झडपमा परी घाईते भएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा परी आलिताल गाउँपालिका–६ भौनाका गणेश महरकाविस्तृतमा

भावना पौडेल, डडेल्धुरा डडेल्धुरा अमरगढी–२ का हिक्मत खडायतको दैनिकी अरुको भन्दा फरक छ। संगै पढेका साथीभाइहरु कोही विदेश लागे। कोही काठमाडौं तिर अनि बाँकि भारतका कतिपय शहर छिरे। तर चुपचाप पाखुरीको जोश र जाँगरलाई माटोभरि चुहाएर आनन्दको जिन्दगीमा रमाँउदै छन्विस्तृतमा

महेन्द्रनगर। कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले सात करोडको लागतमा अत्याधुनिक भवनको ९६ प्रतिशत  निर्माण कार्य सम्पन्न गरेको  छ। २०७४ सालमा ७ करोडको लागतमा निर्माण गरिने भनेर ठेक्का भएको गाउँपालिकाको प्रशासनिक भवनको निर्माण सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका अनुसारविस्तृतमा

डडेल्धुरा। सुदूरपश्चिममा बिहीवार थप १६ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र ८ पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिका –९विस्तृतमा

सुर्खेत।  कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन। दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन। यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण हुनसकेको छैन। कर्णाली प्रदेश सरकार सामाजिक विकासविस्तृतमा

डडेल्धुराः बुधबार बैतडीको झुलाघाट नाका खुलेपछि पेन्सन बुझ्न भारत पुगेका बैतडीका १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–८ त्रिपुराका ८२ वर्षीय धनसिंह रावल रहेका छन्। पेन्सन लिन भारतको झुलाघाटको बैङ्कका लाइनमा बसेकै बेला एक्कासि ढलेका रावलको उपचारकोविस्तृतमा

डडेल्धुरा। सुदूरपश्चिममा बुधवार थप ६९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशाला, डडेल्धुरा प्रयोगशालामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बुधवार थप ६९ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डडेल्धुराकै २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्यविस्तृतमा

डडेल्धुरा। एक हप्ता निःशुल्क उपचार सेवा दिन बाजुराबाट हुम्ला पुगेका चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी पुनः बाजुरा फर्किएका छन्। असार १० गते निःशुल्क उपचार सेवा दिन हुम्ला पुगेका डा. केसी एक हप्ता बसेर पुनः बाजुरा फर्किएका हुन्। यसअघि करिबविस्तृतमा